‘हामीले ज्ञानेन्द्रसँग सल्लाह गरेर राजसंस्था चाहिन्छ भनेका होइनौं’

आयोमेल

काठमाडौँ

राजेन्द्र गाैतम

देशभरि सुरु भएको ‘राजावादी’ आन्दोलनको नेतृत्व अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिन थालेको छ। दसैंलगत्तै देशभरका मुख्य सहरमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने आन्दोलन चर्किरहेको छ। 

मंसिर २० गते काठमाडौंमा पनि यस्तै आन्दोलन हुन लागेको छ। झापामा पनि दसौं हजार मानिस सडकमा ओराल्ने तयारी भइरहेको छ। झापामा यसको आयोजना राप्रपाले गरिरहेको छ। 

झापामा राजावादी आन्दोलनको नेतृत्व गर्न खटिएका राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङदेनसँग आयोमेल संवाददाता  राजेन्द्र गौतमले सोही आन्दोनबारे गरेको कुराकानी :

 के साँच्चै यो ‘राजा’ ल्याउने नै आन्दोलन हो?

राप्रपा नेपालले २०६२–६३ को जनआन्दोलनपछि नै कुनै न कुनै ढंगमा वा अभिभावकीय संस्थाका रूपमा राजतन्त्र आवश्यक छ भनेको हो। त्यो अहिले पनि भनिरहेको छ। आगामी दिनमा पनि यो मुद्दा राप्रपाले निरन्तर उठाउने छ। पछिल्ला दिनमा यो आवाज जनस्तरबाट नै उठेर आएको छ।  यसमा राप्रपाको साथ, सहयोग र समर्थन छ। यो आन्दोलनले निश्चितरूपमा राजसंस्था स्थापनाको अभियानलाई बल पुर्‍याँउछ।

राजा कि राजसंस्था फर्काउने?

मूलतः राजसंस्था फर्काउने हो, राजसंस्था भित्र स्वतः राजा त हुन्छन् नै। 

तपाईंहरूले कल्पना गरेको राजा को हो? पूर्वराजा ज्ञानेन्द्र, पारस, हृदयेन्द्र वा अन्य कुनै पनि व्यक्ति?

हामीले कल्पना गरेको नेपाल एकिकरण गर्ने शाहवंशीय वंशज हो। शाहवंशकै उत्तराधिकारीमध्येबाट राजा हुने हो। अब बन्ने राजा सबै दलको सहमतिको हुने भएकाले व्यक्ति को हुने भन्ने गौण कुरा हो। शाहवंशको परिवार र उत्तराधिकारी भित्रबाट हुने भएकाले त्यही व्यक्ति राजा बन्छ। सहमतिको राजतन्त्र स्थापित हुन्छ।

प्रकाशित मिति: : 2020-12-04 21:38:00

प्रतिकृया दिनुहोस्