हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना: ४ जनाको मृत्यु, ७ घाइते

हुम्लाकाे डाँडाफयामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट गएको लु २ च २१०२ नम्बरको बोलेरो सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे  दुर्घटनामा परेको हाे। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता सीताराम बिष्टका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा मृत्यु हुनेमा सिमकोट गाउँपालिका ७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका १ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेका छन्।

यस्तै दुर्घटनामा घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिका कल्पना सिंह, सिमकोट ८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका १ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्।

घाइते सात जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरु सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रवक्ता बिष्टले जानकारी दिए।

दुर्घटनापछि घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले बिरामी र घाइतेको उद्धार गरेका छन्।

प्रकाशित मिति: : 2020-12-05 07:23:00

प्रतिकृया दिनुहोस्