यी ७० वर्षीय हजाम, नाटकमा ‘हिरोइन’ पात्रको अब्बल अभिनय

लोकान्तर

जनकपुरधाम

अजय अनुरागी

जनकपुरधाम उपमहानगरपालिका–५ का स्थायी वासिन्दा ७० वर्षीय रामअशिष ठाकुर हजाम (नाउ) हुन् । जानकी मन्दिरको दक्षिणतर्फ उनको घर छ ।

घरमा उनले शैलुन सञ्चालन गर्दै आएका छन् । करीब १४ वर्षको उमेरदेखि नै उनले आफ्नो परम्परागत हजामको पेशालाई निरन्तरता दिँदै आएका छन् ।

त्यसबाहेक उनले खेती गृहस्थीको काम समेत गर्दै आएका छन् । अहिले पनि उनी बिहानदेखि साँझसम्म आफ्नो शैलुनमा बस्ने गर्छन् । ग्राहकको कपाल र दाह्री बनाउने काम गर्दै आएका छन् उनी ।

उनी हजाम भए पनि जनकपुरमा उनको पहिचान अब्बल अभिनेताको रूपमा समेत छ । रंगमञ्च क्षेत्रमा जनकपुरधामको अग्रणी संस्था मिथिला नाट्यकला परिषद् (मिनाप) का उनी संस्थापक सदस्य हुन् । बाल्यकालदेखि नै नाटकमा महिला पात्रको अभिनय गर्दै आएका उनले पछि विभिन्न किसिमका चरित्र अभिनय गर्नुका साथै मेकअप म्यान, गेट अप म्यानदेखि स्टेजको सजावट र दृश्यको प्रबन्धन गर्ने लगायत विभिन्न काम गरेर मैथिली भाषाको रंगमञ्चको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । १० वर्षको उमेरदेखि नाटक खेलेका उनी अहिले ७० वर्षको उमेरमा पनि त्यति नै सक्रिय छन् ।

प्रकाशित मिति: : 2020-12-05 18:06:00

प्रतिकृया दिनुहोस्