‘मिस नेपाल वर्ल्ड’को उपाधि नम्रता श्रेष्ठलाई

बिएल संवाददाता

काठमाडाै‌ं

‘मिस नेपाल वर्ल्ड–२०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। 

होटल पार्क भिलेजमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन्। 

श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो,जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ? भनेर प्रश्न सोधिएको थियो।

उनले नेपाली महिला सशक्त हुने उल्लेख गर्दै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै त्यसकै आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन्।

यता ‘मिस नेपाल सुप्रानेसनल २०२०’को उपाधि सिमल कनौजियाले जितिन्।

‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन्।

‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन्।

प्रकाशित मिति: : 2020-12-05 19:27:00

प्रतिकृया दिनुहोस्