‘मि टू’ अभियान आवश्यक छैन: नायिका जेन सेमोर

अमेरिका र बेलायत दुवै देशमा चर्चित भएकी नायिका जेन सेमोरले ‘मि टू’ अर्थात् महिलाहरुलाई हुने यौन दुर्व्यवहार सम्बन्धी अभियान अब पुरानो भएको बताएकी छिन्।

उनका अनुसार आजको समयमा नारीहरु आफूलाई परेको समस्यासँग लड्न सक्छन र जो बोलेका छैनन् उनीहरुले यसलाई सहज रुपमा लिएको हुन् सक्छ।

सन् १९७२ मा एउटा चलचित्रको सुटिङको क्रममा उक्त निर्माताले उनको तिघ्रा सुम्सुम्याउदा आफूले एकवर्ष काम नै नगरेको स्मरण गर्दै आजका नायिकाहरुले त्यस्तो क्रियाकलाप सहन नसक्ने बताएकी छिन्।

१५ फ्रेबुअरी १९५१ मा ह्यास बेलायतमा जन्मेकी नायिका सेमोरले जेम्स केच, डेबिड फ़्लेन, जियोफी प्लानर र माइकल एटन्बर्गसँग विवाह गरेपनि उनको सबै सम्बन्ध असफल भयो।

लाइभ एण्ड लेट डाइ, इस्ट अफ इडन, द वार विथ ग्रान्ड पा, लिटल इटली, अ रोयल क्रिसमस जस्ता सफल चलचित्र हरुमा अभिनय गरेकी छिन्।

सन् १९६८ तिरै प्लेब्वाई म्यागजिनमा नग्न तस्वीर खिचेर चर्चामा आएकी नायिका सेमोरलाई आफ्नो सुन्दर शरीरको प्रदर्शन गर्नमा कुनै आपत्ति छैन।

प्रकाशित मिति: : 2020-12-06 14:33:00

प्रतिकृया दिनुहोस्