भारतलाई टि–२० उपाधि, लगातार नौ खेलमा जित

बिएल संवाददाता

काठमाडाै‌ं

हार्दिक पाण्ड्याको बिस्फोटक ब्याटिङसँगै अस्ट्रेलियाविरूद्धको तीन वटा टि–२० शृंखलामा भारतले कब्जा जमाएको छ। 

एकदिवसीयमा घरेलु कंगारु टोलीसँग शृंखला गुमाएको भारतले आइतबार राती दोस्रो टि–२० ६ विकेटले जित्यो। 

जितका नायक हार्दिकले २२ बलमा ४२ रन बनाए। उनलाई म्यान अफ दि म्याच घोषित गरियो। कंगारुले ५ विकेटको क्षतिमा बनाएको १ सय ९४ रनको योगफललाई भारतले दुई बल बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्यो। 

भारतका लागि शिखर धवनले ३६ बलमा ५२ रन बनाएका थिए। यसअघि म्याथ्यु वेडले ३२ बलमा ५८ रन बनाए। 

भारतको टि–२० मा यो लगातार नवौं जित थियो। यो उपलब्धी प्राप्त गर्ने भारत चौथो टिम हो। टि–२० मा लगातार सबैभन्दा बढी खेल जित्ने कीर्तिमान अफगानिस्तानको नाममा छ। 

२०१८–१९ को बीचमा उसले लगातार १२ खेल जितेको थियो। २०१६–१७ मा पनि अफगानिस्तानले ११ खेल जितेको थियो। पाकिस्तानले २०१८ मा नौ खेल जितेको थियो।

प्रकाशित मिति: : 2020-12-07 07:42:00

प्रतिकृया दिनुहोस्