समन्वयमा प्रभावकारी काम गर्दै मोरङका स्थानीय सरकार, कसरी भयो सम्भव ?

हिमाल खबर

काठमाडौँ

लक्ष्मी बस्नेत

गएको १७ मंसीरमा मोरङको बेलबारी नगरपालिकाले जिल्लाका विभिन्न खोलाका ढुंगा, गिटी, बालुवा संकलन तथा बिक्रीको ठेक्का दिनेसम्बन्धी सूचना निकाल्यो। ती खोला विभिन्न ६ वटा पालिकाको क्षेत्रभित्र पर्छन्। तर, आपसी समन्वयमा ठेक्का प्रक्रियाको सम्पूर्ण काम दुई वर्षयता बेलबारीले नै गर्दै आएको छ।

ठेक्काको प्रक्रिया सम्हाल्ने बेलबारी नगरपालिकाले त्यसबाट जम्मा हुने पैसा सम्बन्धित सबै पालिकाको खातामा पठाइदिने गरेको छ। यस्तै, प्रदेशमा पठाउनुपर्ने रकम पनि प्रदेशको ब्यांक खातामा जम्मा गरिने गरेको छ। 

मोरङमा एक महानगर, ८ नगरपालिका र ८ वटा गाउँपालिका गरी १७ वटा स्थानीय तह छन्। ती सबै स्थानीय तह मिलेर २०७५ जेठमा मोरङ जिल्ला अन्तरपालिका साझा सरोकार समन्वय समिति बनाइएको छ। जसले जिल्लाका स्थानीय सरकारहरूले बनाउने कानून, करको दर निर्धारणमा एकरुपता दिने गरेको छ भने ठूला ठेक्कापट्टा मिलेर गर्ने गरेको छ। समितिमा सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय प्रमुखसहित ५१ जना छन्। 
 

प्रकाशित मिति: : 2020-12-07 07:55:00

प्रतिकृया दिनुहोस्