कोरोनाका कारण इंग्ल्याण्ड र अफ्रिकाको दोस्रो एकदिवसीय पनि स्थगित

बिएल संवाददाता

जोहनेसवर्ग

कोरोना महामारीका कारण इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच सोमबार हुने भनिएको दोस्रो एकदिवसीय खेल पनि स्थगित भएको छ।

इंग्लिस टोली हाल अफ्रिकाको भ्रमणमा छ। यहाँ तीन एकदिवसीय शृंखलाको पहिलो खेल ४ नोभेम्बर, दोस्रो ६ र तेस्रो ९ नोभेम्बरमा तय थियो। 

तर, एकदिवसीय सुरु हुनुभन्दा अघि नै अफ्रिकाका एक खेलाडी र होटलको दुई स्टाफमा कोरोना संक्रमण देखिएपछि पहिलो र दोस्रो एकदिवसीय रद्द गरिएको थियो। 

यसअघि टि–२० शृंखलामा इंग्ल्याण्ड ३–० ले विजयी भइसकेको थियो। 

यसअघि ४ तारिखमा हुने भनिएको एकदिवसीय स्थगित भएपछि ६ नोभेम्बरमा हुने दोस्रो एकदिवसीयलाई ७ नोभेम्बरमा सारिएको थियो।

अहिले कोरोना लागेका सदस्यको रिपोर्टको पखाईमा आयोजक देश रहेको छ।

प्रकाशित मिति: : 2020-12-07 17:32:00

प्रतिकृया दिनुहोस्