जुम्लामा पनि घन्कियो ‘राजा आउ देश बचाउ’ नारा

‘राजा आउ देश बचाउ’ भन्दै जुम्लामा मंगलबार राजावादीहरुले मोटरसाइकल र्‍याली निकालेका छन्। 

उनीहरुले  ‘राजा आउद देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ जस्ता नारा लगाइएका थिए। 

प्रदर्शनकारीले राजन्तत्रको विकल्प नभएको बारेमा लेखिएका प्लेकार्डसमेत बोकेका थिए।

प्रदर्शन पछि राप्रपा नेपालका जुम्ला उपाध्यक्ष अंगत देवकोटा वर्तमान अवस्थामा राजा अपरिहार्य भएको बताए।

No description available.

 ‘संघीयताका नाममा जन्मिएका सयौँ टुक्रे राजाहरुले देश डुबाइसकेका छन्,’ उनले भने, ‘अब जनताले एउटै राजा चाहेका छन्। राजतन्त्रको विकल्प छैन्।’

राजाकालमा कानुनको पूर्ण परिपालना हुने गरेको र अनुशासन र सुशासन बलियो भएको स्मरण गराउदै अहिले देशको परिस्थिती नै भद्रगोल भएको उनले बताए।

‘अहिले केन्द्रका राजालाई देश लुट्नै ठिक्क छ। प्रदेश स्तरका राजालाई झण्डा हल्लाउदै र कमिसनको खेल खेल्दै ठिक्क छ। स्थानीय सरकारका राजा त झन् जनतालाई खसीबोका नै सम्झन्छन्। जहाँतही छाडापन छ। हत्याहिंसा, बलात्कार छ। उल्टै राजाहरु नै यस्ता कार्यमा सक्रिय देखिन्छन्,’ उनले थपे।

सत्ताका नाममा फैलिइरहेको लुटतन्त्रले देशको अवस्था भयाभह हुँदै गएको राजतन्त्र चाहने युवा अनिल थापाले बताए। 

No description available.

‘नेकपा सरकार देशविकासमा भन्दा आफ्नो आन्तरिक खिचातानीमै रुमल्लिएको छ। काँग्रेस प्रतिपक्षका नाममा मौन देखिन्छ,’ उनले भने, ‘डुबिसेको देशलाई उकास्नको लागि एक पटक राजतन्त्रको जरुरत छ। अब संघीयताका राजा प्रतिको विश्वास घटिसकेको छ। देशले यी राजाहरुको खर्च थेग्न सक्दैन्।’  

मोटरसाइकल र्‍याली  बसपार्कबाट शुरु भएर टुडिखेल हुँदै जुम्ला विमानस्थलबाट बालमन्दिरमा पुगि सकिएको थियो। 

उनीहरुले आफ्नो प्रदर्शन शान्तिपूर्ण भएकोले कसैले हस्तक्षेप गर्न नसक्ने भन्दै संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुर्न स्थापनाको लागि आन्दोलन थालेको बताए।  

राष्ट्रवादी जुम्ली समूहको आयोजनामा गरिएको शक्ति प्रर्दशनकामा अधिकाशं नेकपा र नेपाली कांग्रेसका युवा कार्यकर्ताहरुको सहभागिता थियो।

No description available.

प्रकाशित मिति: : 2020-12-08 22:39:00

प्रतिकृया दिनुहोस्