‘एजेण्डामा सहमति भइसक्यो, आगामी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री सहभागी हुनुहुन्छ’

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) को विवादका बीच अर्को प्रस्तावित स्थायी कमिटि बैठक आउन अब चार दिन बाँकी छ। आफ्नो सहमति विपरीत बैठकको एजेण्डा तय गरिएको भन्दै पछिल्लो बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्।

उनले आफूविरुद्ध अप्रमाणित फौजदारी कानून आकर्षित हुने आरोपसहित पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको ‘आरोपपत्र’ माथि छलफल गर्न नसकिने र त्यो फिर्ता नै हुनुपर्ने अडानसहितको पत्र पठाएर बैठकमा अनुपस्थिति जनाएका थिए।

उनी सहभागी नभए पनि बैठकले प्रचण्डको मात्रै नभई ओलीको राजनीतिक दस्तावेजमाथिको छलफललाई पार्टीको कार्यसूचि बनाएको र त्यसैअनुसार अध्ययनका लागि एक साताको समय दिएको र बीचमा अनौपचारिक छलफलको पनि ढोका खुल्लै रहेको बैठक आयोजना गरिएको दिन असन्तुष्ट पक्षका नेताहरुले सार्वजनिक गरेका थिए।

तर प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने प्रधानमन्त्री ओलीको माग अनुसार अध्यक्ष प्रचण्ड स्थायी कमिटि बैठकको एजेण्डा अब ‘पार्टीको आन्तरिक समस्या’ बनाउनेमा सहमत भइसकेकाले आगामी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने दृढता व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-12-09 11:28:00

प्रतिकृया दिनुहोस्