सरकारविरूद्ध प्रदर्शनबारे रणनीति बनाउन कांग्रेसले बोलायो बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसले बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको छ।

सरकारविरूद्ध देशैभर प्रदर्शन गर्ने तरखरमा रहेको कांग्रेसले रणनीति तय गर्न बिहान ९ बजे बैठक बोलाएको हो।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकले १४ औं महाधिवेशन तयारीबारे पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको थियो। उक्त घटना नेकपाको केन्द्रकै निर्देशनमा भएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ। 

‘भ्रष्टाचार बढेकोलगायत विषयमा कांग्रेसले मंसिर २९ गते सबै जिल्लामा प्रदर्शन गर्न लागेको छ र त्यसको रणनीति तयार गर्न र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने।

जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउने/नपठाउनेबारे पनि बैठकले निर्णय गर्नेछ।

प्रकाशित मिति: : 2020-12-09 15:32:00

प्रतिकृया दिनुहोस्