एक वर्षमा उपत्यकामा भएका दुई भयानक कार दुर्घटना पछिको कारण के ?

शिलापत्र

काठमाडौँ

कृष्णसिंह लाेथ्याल

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा आइतबार कार दुर्घटना भयो । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ८च ४७५६ नम्बरको कार बिहान १२ः४५ मा बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिएको थियो ।

दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका- ४ पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको घटनास्थलमै मृत्यु भयो ।  कारमा सवार अन्य तीन जना भने सामान्य घाइते भए ।

कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की, कारमा सवार सोही ठाउँका २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका- ४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापामाथि घटनाबारे सोधपुछ भइरहेको भक्तपुर प्रहरीको भनाइ छ । 

कार दुर्घटनापछि रियाको मृत्यु भएको देखेपछि उनीहरू छाडेर फरार भएको खुलेको प्रहरीको भनाइ छ । कार चालकले प्रहरीलाई दिएको बयानअनुसार महिलासहित उनीहरू रमाइलो गर्न उक्त दिन नगरकोटसम्म पुगेका थिए ।

चालक रञ्जितले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘कारको गति १ सय २० थियो । अगाडिबाट गाईको बाच्छो आयो । छल्न खोज्दा कार अनियन्त्रित भएर सडकभन्दा बाहिर गयो । फर्किनुभन्दा पहिला हामी रमाइलो गर्न नगरकोट पनि पुगेका थियौँ ।’ 

प्रकाशित मिति: : 2020-12-10 14:08:00

प्रतिकृया दिनुहोस्