के काठमाडौं आउन सक्छ चीनको बिजुली ?

हिमाल खबर

काठमाडौँ

 रमेश कुमार 

चीनले गत साता तिब्बत–चीन पावर ग्रिड कनेक्सन प्रोजेक्ट अन्तर्गत नेपालको सीमा नजिक हुने गरी तिब्बतको मध्य भागदेखि पश्चिम तिब्बतसम्म उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्‍यो। १ हजार ६८९ किमी लामो प्रसारण लाइन संसारकै उच्च भूभागमा बनाइएको हाई भोल्टेज (५०० केभी) प्रसारण लाइन भएको चिनियाँ अनलाइन सीताओले जनाएको छ। 

रसुवागढी नाकाबाट ७९ किमी मात्रै टाढा जिलोङ काउन्टीमा समेत सबस्टेशन रहनेगरी बनेको यो प्रसारण लाइनको साइनो भविष्यमा नेपालसँग पनि जोडिनेछ। अहिलेसम्म विद्युतमा भारत निर्भर हुँदै आएको नेपालको ऊर्जा सुरक्षा र विद्युत् व्यापारको ढोका खोल्ने महत्वपूर्ण कडी यही प्रसारण लाइन हुनेछ। 

यसको अर्थ, एकाध वर्षभित्र काठमाडौंमा चिनियाँ बिजुली आइपुगे आश्चर्य हुनेछैन। दुई देशबीच हिमालय सीमापार विद्युत् आदानप्रदानको समझदारी भएर काम शुरु भइसकेको छ। यो काम फटाफट अगाडि बढे भारत निर्भर नेपालको विद्युत् प्रणालीको सम्बन्ध उत्तरतिर पनि जोडिनेछ। तर, त्यस्तो सम्बन्ध नेपालको विद्युत् प्रणालीको भारतीय निर्भरता चीनतर्फ सार्न मात्रैका लागि हो वा यसले विद्युत् निर्यातको अवसर पनि सिर्जना गर्छ भन्ने चाहिं नेपालको विद्युत् उत्पादन क्षमतामा भर पर्छ। 
थप सामग्री : https://www.himalkhabar.com/news/121263

प्रकाशित मिति: : 2020-12-11 06:57:00

प्रतिकृया दिनुहोस्