काठमाडौं महानगरमा कहिले खुल्छ त विद्यालय ?

पहिलोपोष्ट

काठमाडौँ

फूलमाया पुरी

कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैत्रबाट ठप्प विद्यालयहरु संचालन गर्न दिने अधिकार संघीय सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालय खोल्ने अधिकार पाएको स्थानीय सरकारले अहिले संक्रमणको अवस्था मूल्यांकन गरिरहेको छ। केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय यसअघि नै गरिसकेका छन् भने केही अझै अवस्था मूल्यांकनमा व्यस्त छन्।  

अहिले कोरोना संक्रमणको त्रास मानिसहरुमा घट्दै गइरहेको देखिएको छ। मानिसले कोरोनालाई सामान्य ठान्न थालेपनि संक्रमण नियन्त्रणमा आइसकेको छैन। देशभर पीसीआर परीक्षणको संख्या घट्दा संक्रमितको संख्या घटेको हो। तर समुदायमा फैलिएको यो महामारी कस्तो रुपमा छ भनेर अझै पर्याप्त अध्ययन हुन सकेको छैन। यसबीच विद्यालय संचालन हुँदा विद्यार्थीहरुलाई सुरक्षित बनाउने अर्को चुनौति छ।

मंसिरबाट कतिपय स्थानीय तहले विद्यालय संचालन गर्न सूचना जारी गरिसकेका छन्। उपत्यकाभित्र पनि भक्तपुर नगरपालिका र ललितपुर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विद्यालय संचालन गर्न सूचना जारी  गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-12-11 20:40:00

प्रतिकृया दिनुहोस्