राष्ट्रसंघको निर्णयले नेपालमा गाँजा खुला गर्न सहयोग गर्ला?

देशसञ्चार

काठमाडौँ

प्रकाश ढकाल

अघिल्लो बुधबार संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागू औषधको सूचीबाट हटाएसँगै नेपालमा फेरि गाँजा बहस तातेको छ।

लागूऔषधका रुपमा लिइँदै आएको गाँजा विश्वरभर नै वैधानिक रुपमा खुला गरिँदै लगेपछि नेपालमा पनि त्यसलाई खुला गरेर आर्थिक उपार्जनको माध्यम बनाउनुपर्ने आवाज सशक्त रुपमा उठ्दै आएको छ।

नेपालसहितका २७ देशको समर्थनमा राष्ट्रसंघीय लागुऔषध सम्बन्धी आयोग (यूनसीएनडी)ले औषधिजन्य वस्तुको सूचीमा राखेपछि अब नेपालमा गाँजा वैधानिक हुन सहयोग पुग्ला त? भन्ने प्रश्न आम रुपमा उठ्न थालेको छ।

गाँजालाई वैधानिक बनाउनुपर्ने पक्षमा लविङ गर्दै आएका सांसद विरोध खतिवडा अब नेपाल सरकार पनि गाँजालाई औषधिजन्य वस्तुको रुपमा प्रयोग गर्नुपर्छ भन्ने पक्षमा औपचारिक रुपमा उभिएको दाबी गर्छन्।

प्रकाशित मिति: : 2020-12-11 20:49:00

प्रतिकृया दिनुहोस्