पेट्रोलियम पदार्थको मूल्य बढ्याे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढाइएकाे हाे।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-12 21:18:00

प्रतिकृया दिनुहोस्