तेल झार्न आएको ट्याङ्कर तातेर ग्वार्खोको पेट्रोल पम्पमा आगलागी (भिडियाे)

ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल बोक्ने ट्याङ्करमा आगलागी भएको छ।

आइतबार साँझ पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करमा आगो लागेको थियो। 

आगलागीबाट ट्याङ्करको अगाडिको भाग जलेकाे छ।

यसका साथै पार्किङ गरेर राखिएकाे ४ वटा मोटरसाइकल जलेकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बिएल नेपाली सेवालाई जानकारी दिइन्। 

उनका अनुसार तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको हाे। 

तर, मानवीय क्षति भने नभएकाे उनले बताए। 

आगाे ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा नियन्त्रणमा लिइएको एसएसपी बज्रचार्यले बताइन्।
 

प्रकाशित मिति: : 2020-12-13 19:16:00

प्रतिकृया दिनुहोस्