मेसीको निर्णायक गोलमा बार्सिलोनाको जित

बिएल संवाददाता

काठमाडाै‌ं

बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेमाथि १–० को झिनो जित निकालेको छ।

क्याम्पनोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले कप्तान लिओनल मेसीको एकमात्र निर्णायक गोलमा जित हात पारेको हो।

७६औं मिनेटमा फ्रान्की डि जोङको पासमा मेसीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए।

जितसँगै बार्सिलोनाले ११ खेलबाट १७ अंक जोडेको। बार्सिलोना आठौं स्थानमा उक्लिएको छ। 

पराजित लेभान्टे ११ अंक जोडेर १८औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-12-14 07:30:00

प्रतिकृया दिनुहोस्