लकडाउन खुल्यो तर कैयौँ क्षेत्र अझ बन्द छन्, कहिले खुल्लान्

बिबिसी

काठमाडाैं

सरकारले कोरोनाभाइरसको महमारीका कारण बन्देज लगाइएका कतिपय सेवा स्वास्थ्य मापदण्ड अघि बढाएर खोलेको छ भने अझै नखुलिसकेका क्षेत्रहरूलाई खोल्ने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन्।

तर अझै पनि सर्वसाधारणको दैनिकीसँग जोडिएका कतिपय क्षेत्रबारे कुनै निर्णय भएको छैन।

जाडोयाममा कोभिड-१९ को जोखिम अझ उच्च हुने भन्दै कैयौँ विज्ञहरूले जनस्वास्थ्यमा खेलवाड हुने किसिमका कदम चाल्न नहुने बताइरहेका छन्।

अहिले पनि महामारीका कारण बन्देजात्मक व्यवस्थाबाट प्रभावित कुन क्षेत्र खुलाउन के पहल भइरहेको छ?

१) अन्तर्राष्ट्रिय सीमा

कोभिड महामारीपछि शुरूमा अन्तर्राष्ट्रिय सीमाबाट मालसामानको ढुवानी बाहेक अन्य किसिमका आवतजावतहरू बन्देज गरिएको थियो। हाल भारततर्फ १३ वटा र चीनतर्फ एउटा नाका सञ्चालनमा रहेको गृहमन्त्रालयले जनाएको छ।

तराइका कतिपय जिल्लाका बासिन्दाले सीमा वारपारको आवतजावत थप सहज बनाउन माग गरिरहेका खबरहरू प्रकाशित भइरहेका छन्।

त्यसबारे गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, “बिरामीहरूको आवतजावतमा समस्या पर्‍यो र बिहेबारीको समयमा पनि समस्या पर्‍यो भन्ने गुनासाहरू आइरहेका छन्। शवहरू यता उता गर्न समस्या पर्‍यो भन्ने जानकारी आइरहेको छ। प्रमुख जिल्ला अधिकारीहरूले यस्ता माग छन् भनेर पठाएपनि नेपाल सरकारले निर्णय नगरेसम्म हामीले केही गर्नसक्ने अवस्था छैन।”

२) राजधानीको जोर बिजोर सवारी गुडाउने नियम

लकडाउनलाई खुकुलो पार्ने क्रममा सरकारले राजधानीमा एक दिन जोर र अर्को दिन बिजोर नम्बरका सवारी साधानहरूलाई गुड्न अनुमति दिने निर्णय लिएको थियो। उक्त निर्णय अहिले पनि संशोधन गरिएको छ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराईले जोर बिजोर प्रणाली स्थगन गर्ने बारे कुनै निर्णय आफूहरूलाई नआएको बताए।

प्रकाशित मिति: : 2020-12-14 10:52:00

प्रतिकृया दिनुहोस्