च्याम्पियन्स लिग: मेसी र नेयमारकाे भेट अन्तिम १६ मै

बिएल संवाददाता

काठमाडाै‌ं

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ। 

यसपटक प्रि–क्वाटरफाइनलमा बार्सिलोनाले पेरिस सेन्ट–जर्मेन (पीएसजी)को सामना गर्ने भएको छ।

यसका साथै लिओनल मेसी र नेयमारको भेट अन्तिम १६ मै हुने निश्चित भएको छ। 

यस्तै स्पेनिस च्याम्पियन रियल मड्रिड र इटालियन टोली एटलान्टाले प्रतिस्पर्धा गर्नेछन्। 

साविक विजेता वायर्न म्युनिखले इटालियन टोली लाजियोको सामना गर्नेछ। 

म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ। 

लिभरपुलले गत सिजन आरबी लाइप्जिगसँग खेल्नेछ। यता चेल्सीले एट्लेटिको म्याड्रिडको सामना गर्नेछ। 

जर्मन क्लब बोरुसिया डर्टमुन्डले सेभियासँग खेल्नेछ। इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगीज क्लब एफसी पोर्टोसँग खेल्नेछ। 

प्रि–क्वाटरफाइनल खेलहरु फेब्रुअरी तेस्रो सातादेखि सुरु हुनेछ।

 

प्रकाशित मिति: : 2020-12-14 17:25:00

प्रतिकृया दिनुहोस्

    All the best

    • 3 बर्ष अगाडि
    • Deep Subedi