कोरोनाको खोप बनाउने कम्पनी मोडर्नामा साइबर–हमला भएको खुलासा

कोरोनाको खोप तयार पारिरहेको मोडर्ना कम्पनीमा साइबर आक्रमण भएको र खोप सम्बन्धि महत्वपूर्ण दस्तावेज चोरी भएको खुलासा भएको छ। 

कम्पनीले सोमबार यसको पुष्टी गर्दै पहिलो पल्ट आफ्नो दस्तावेज चोरी भएको स्वीकार गरेको छ। खोप तयार पार्ने अभियानमा निकै सक्रिय भएको यो कम्पनीले कतिबेला आफ्नो दस्तावेज चोरी भयो, त्यसको जानकारी धेरै ढिलो थाहा पाएको बताएको छ। 

कम्पनीलाई यस बारेमा पहिलो सूचना युरोपेली मेडिसिन एजेन्सी (इएमए) ले उपलब्ध गराएको थियो। 

‘द गार्डियन’ पत्रिकाको रिपोर्टअनुसार कम्पनीले स्विकृतिका लागि सरकारसमक्ष दस्तावेज पठाउन कागज तयार पार्दा सबै डकुमेन्ट चोरी भएको थियो। 

इएमएले कम्पनीलाई यस कारण पनि डकुमेन्ट चोरी भएको सूचना उपलब्ध गराएको थियो, किनभने युरोपेली देशमा खोपलाई स्विकृति प्रदान गर्ने एक मात्र रेगुलेट्री एजेन्सी इएमए नै हो।

फाइजर र बायोनटेक कम्पनीको डकुमेन्ट चोरी गर्न यस कम्पनीमा पनि साइबर आक्रमण भएको थियो। तर, आक्रमणकारी सफल हुन सकेनन्।

प्रकाशित मिति: : 2020-12-15 11:30:00

प्रतिकृया दिनुहोस्