ड्रग काण्डमा फसेकी भारती सिंह पुनः सुटिङमा

ड्रग काण्डमा केही दिन जेल बसेर फर्किएकी हास्य कलाकार भारती सिंह फेरि ‘द कपिल शर्मा’ सोमा फर्किएकी छिन्। यसअघि उनलाई यो सोबाट निकालिएको खबर बाहिरिएको थियो। 

तर, सोमबार सोसल मिडियामार्फत यसको जानकारी दिँदै उनले आफू पुनः सोमा फर्किएको बताइन्। 

भारती र उनको श्रीमान हर्ष लिन्बिचियालाई यसै महिना नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले गाँजासहित पक्राउ गरेको थियो। उनीहरू १५–१५ हजार रुपैयाँको धरौटीमा छुटेका हुन्। 

भारतीलाई अफ्ठेरो अवस्थामा पनि कपिल शर्माले साथ दिएका थिए। भारती बलिउडको चर्चित हास्य कलाकारमा पर्छिन। उनले २०१७ मा बिहे गरेकी थिइन।

प्रकाशित मिति: : 2020-12-15 11:52:00

प्रतिकृया दिनुहोस्