अमेरिकी मन्त्रीमण्डलमा पहिलाेपल्ट ‘गे’ पुरुषले प्रवेश पाउँदै

अमेरिकी मन्त्रीमण्डलमा पहिलाेपल्ट ‘गे’ पुरुषले प्रवेश पाउने भएका छन्।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले आफ्नो मन्त्रीमण्डलमा पिट बुटजज नयाँ मन्त्रीमण्डलका लागि मनोनित गरेका हुन्। उनलाई वाइडेनले यातायात मन्त्रीका रुपमा मनोनित गर्ने घोषणा गरेका हुन्।

उनी साउथबेण्ड इन्डियानाका पूर्व मेयरसमेत हुन्।

उनले सुरुमा राष्ट्रपति निर्वाचनमा वाइडेनलाई नै चुनौति दिएका दिएका थिए। बुटजज डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्ने हाेडबाट बाहिरिएपछि वाइडेनकाे बिशेष सहयाेगीकाे रुपमा काम गर्दै आएका थिए। 

उनले आयोवामा जित हाँसिल गरेका थिए भने न्यूह्याम्सरमा कडा टक्कर दिएका थिए। त्यसपछि बाहिरिएर उनले समर्थन गरेका थिए वाइडेनलाई।

वाइडेनले पिटको मनोनयन घोषणा गर्दै भनेका छन्, ‘मेयर पिट बुटजज एक देशभक्त र समस्या समाधान गर्ने व्यक्ति हुन्, जसले हामी एक राष्ट्रका रुपमा के हौँ भन्ने कुराको स्पष्ट प्रतिनिधित्व गर्छन्। म उनलाई यातायात मन्त्रीका रुपमा मनोनित गर्दैछु।’

चुनावी अभियानको क्रममा वाइडेन र पिट निकै नजिक भएका थिए। चुनावी अभियानमा प्रमुख पात्रका रुपमा उदायका पिटले आफूलाई समर्थन गरेपछि सम्बोधनको क्रममा वाइडेनले उनलाई आफ्नो दिवंगत छोरा बोसँग तुलना गरेका थिए।

पिटको मनोनयन सिनेटले अनुमोदन गर्नु पर्छ। अनुमोदित भएमा उनी मन्त्री पदमा पुग्ने एलजिबिटिक्यू समुदायका पहिलो व्यक्ति हुने छन्। 

पूर्वाधार विकासका मुद्दामा यातायात मन्त्रीको भूमिका महत्वपूर्ण हुनेछ। वाइडेनले आफ्नो मन्त्रीमण्डल विविधताले युक्त हुने बताउँदै आएका छन्।

उनले भनेका छन्, ‘यो पद हाम्रा अघि रहेका धेरै समस्या तथा अवसरहरुसँग अन्तर सम्बन्धित छ।’

 अहिलेसम्म उनले गरेका मनोनयनहरुले महिला, अश्वेत, हिस्पेनिस तथा एलजिबिटिक्यू समुदायको प्रतिनिधित्व देखिएको छ।

प्रकाशित मिति: : 2020-12-16 07:34:00

प्रतिकृया दिनुहोस्