बालबालिका हराउनेको संख्या बढ्दो, कहाँ जान्छन् उनीहरू ?

शिलापत्र

काठमाडाै‌ं

चार दिनअघि भक्तपुरका समीरकुमार पाण्डेले आफ्नो फेसबुक वालमा एउटा स्टाटस लेखे, ‘मंगलबारदेखि भक्तपुरको नेउपाने गाउँबाट नीलो पाइन्ट, खैरो स्वेटर र हरियो जुत्ता लगाएको मेरो भतिजो सम्पर्कविहीन भएको छ । फेला पार्नुहुने महानुभावले कृपया ९८४३१७८८२९ नम्बरमा सम्पर्क गरिदिनुहोला ।’

त्यसको दुई दिनअघि श्याम पराजुलीले पनि आफ्नो फेसबुक वालमा त्यस्तै सूचना पोस्ट गरे । उनले लेखेका थिए, ‘तीन/चार दिनदेखि मेरो भाइ धर्मप्रसाद पराजुली हराएको हुँदा भेट्नुहुने महानुभावले सम्पर्क गरिदिनुहोला ।’ उनीहरू दुवै जनाले हराएका आफन्तको हुलियासहितको फोटो पनि फेसबुकमा राखेका थिए ।

४ फागुन २०७७ मा बनेपा नगरपालिका- ७, धनेश्वरका १३ वर्षका सुवोध गौतम पनि हराए । दिउँसो १ बजेतिर घरबाट निस्किएका उनलाई हराएको चार दिनपछि काठमाडौंको गौशालाबाट प्रहरीले फेला पारेर आफन्तलाई जिम्मा लगायो ।

गौतम बनेपाबाट बसमा साथीको लहैलहैमा काठमाडौं आइपुगेका थिए । काठमाडौं पुगेपछि हुलियाका आधारमा प्रहरीले खोजी गर्दा उनी गौशालामा भेटिएका थिए । 

प्रकाशित मिति: : 2020-12-18 09:36:00

प्रतिकृया दिनुहोस्