ओस्कार विजेता अभिनेता भन्छन्– सेलफोन र कम्प्युटरसमेत छैन

ओस्कार विजेता अभिनेता क्रिस्टोफर वाकेनले आफु प्रविधिसँग नजिक नभएको बताएका छन्।  

जुमद्वारा गरिएको एउटा टेलिभिजन अन्तर्वार्तामा अभिनेता वाकेनले आफूसँग सेलफोन र कम्प्युटरसमेत नभएको बताए।

कार्यक्रम प्रस्तोताले प्रविधिसँग टाढा रहनुमा कुनै नैतिक कारण छ कि भनेर सोधिएको प्रश्नमा अभिनेता वाकेनले यस्तो प्रविधि सिक्न आफ्नो लागि निकै ढिलो भइसकेको बताए। 

उनले भने, 'यस्ता कुरा सिक्न मेरो उमेर अहिले सहि छैन।' 

३२ मार्च १९४३ को दिन अस्टोरिया, न्युयोर्कमा जन्मेका अभिनेता वाकेन द डियर हन्टर, किङ्ग अफ न्यु योर्क, द वार विथ ग्र्याण्ड पा, ब्लास्ट फ्रम द पास्ट जस्ता सफल सिनेमाहरुमा अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2020-12-18 13:16:00

प्रतिकृया दिनुहोस्