अमेरिकाको परमाणु हतियार रेखदेख गर्ने विभागमा साइबर आक्रमण

अमेरिकाको परमाणु हतियार रेखदेख गर्ने ऊर्जा विभागले आफूविरुद्ध साइबर आक्रमण भएको बताएको छ।

अमेरिकी सरकारले आफ्ना विभागविरुद्धकाे यो साइबर हमला अहिलेसम्मकै ठूलो भएकाे जनाएको छ।

तर साइबर आक्रमणले हतियार भण्डारणमा कुनै असर नपरेको विभागले दाबी गरेको छ।

टेक कम्पनी माइक्रोसफ्टले पनि बिहीबार आफ्नो सिस्टममा खतरनाक सफ्टवेर भेटिएको बताएको थियो।

यो साइबर हमला रुसले गरेको आशंका गरिएको छ। 

तर रुसले यसलाई अस्वीकार गरेको छ।

 

प्रकाशित मिति: : 2020-12-19 07:58:00

प्रतिकृया दिनुहोस्