सर्वोच्च बारको नयाँ कार्यसमितिका लागि मतदान हुँदै (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज शनिबार मतदान भइरहेको छ।

नेकपा निकट कानून व्यवसायी र कांग्रेस निकटका कानून व्यवसायीहरु अरु दलमा आवद्ध कानून व्यवसायसँगको समेत गठबन्धनमा प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

 पार्षदका लागि २१ जना प्रतिस्पर्धामा छन्। प्रगतिशील पेशागत कानून व्यवसायीको समूहका तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल अध्यक्षका उम्मेदवार छन्। यस्तै, प्रगतिशील समूहबाट उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अञ्जिता खनाल, सहसचिवमा शोभा कार्की र कोषाध्यक्षमा श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्। महिला सदस्यमा देवी रेग्मी प्रतिस्पर्धामा उत्रेकी छन्।

यता प्रगतिशील समूहका सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, रमेशराज शर्मा, छबिलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राई प्रतिस्पर्धामा छन्।

लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षका उम्मेदवार बनेका छन्। उपाध्यक्षमा नमराज रिजाल, सचिवमा ऋषिरम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की प्रतिस्पर्धामा छन्। महिला सदस्यमा अमिता गौतम उम्मेदवार बनेकी छन्।

सदस्यहरुमा वियकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी उम्मेदवार बनेका छन्। दुई प्यानल भन्दा बाहिरबाट उपाध्यक्षमा नानीबाबु दाहालले उम्मेदवारी दिएका छन्।

गएको जेठमा हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीका कारण अहिले हुन लागेको हो। ६०५ मतदाता रहेको सर्वोच्च बारको चुनावको मतदान सर्वोच्च परिसरमा दिउँसो ३ बजेसम्म हुनेछ।
 

प्रकाशित मिति: : 2020-12-19 09:45:00

प्रतिकृया दिनुहोस्