गुल्मीमा अटो दुर्घटना: एकको मृत्यु, ४ घाइते

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका १२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2020-12-19 11:59:00

प्रतिकृया दिनुहोस्