बढीरहेको चिसोलाई मध्यनजर गर्दै वीरगञ्जका गरिब तथा दलित परिवारलाई आशा किरण केन्द्रले कम्बल वितरण गरेको छ ।
वीरगञ्ज महानगरपालिका ३१ लक्ष्मीपुरको मुसहर बस्ती र नैका टोलका दलित बस्ती बेलवाका १ सय ३० जनालाई कम्बल वितरण गरिएको हो ।
कम्बलका साथै बालबालिकाका लागी बिस्कुट, चकलेट लगायतका खानेकुरा पनि वितरण गरिएको आशा किरण केन्द्र वीरगञ्जका सचिब राजन श्रीवास्तवले जानकारी दिए।
केन्द्रका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा कम्बल वितरण गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले केन्द्रले गरेका कार्यहरुको सह्राना गरे ।
वीरगञ्जको सिद्धार्थ माध्यामिक विद्यालयमा स्थापित मस्तिष्क पक्षघात तथा सुस्तमनस्थिती बालबालिकाहरुका लागी दिवा हेरचाह केन्द्रका साथै अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गरेको भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सन्दिप मेहता, सदस्य डा.असोक दास, सुमिर कुमार, अनिल चौधरी, पिन्टु उपाध्याय, भोलेन्टियरका राधेश्याम गुप्ता लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।