प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरिएकाे छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्।

विवाद चरम अवस्थामा पुगेको बेला ओलीसँग छलफल गर्न प्रचण्ड आकस्मिक रुपमा बालुवाटार पुगेका हुन्।

संसद विघटनको प्रस्तावसँगै सत्तारुढ नेकपाले विघटनको बाटो समात्ने र देश अस्थिरतामा जाने नेताहरूले प्रारम्भिक टिप्पणी गरेका छन्।

यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्। 

प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे। यो गैर अलोतान्त्रिक हो।’

उनले नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय भएकोले यो लागू हुन नसक्ने बताए।

प्रकाशित मिति: : 2020-12-20 10:52:00

प्रतिकृया दिनुहोस्