संसद विघटनको सिफारिस गैरजिम्मेवारीपूर्ण : कोइराला

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद विघटनको सिफारिस अवैधानिक मात्रै नभई गैर जिम्मेवारीपूर्ण भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । 

निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले राष्ट्रपतिले यो प्रस्ताव स्वीकृत गर्न नहुने बताएका छन्।

‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ। राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्वीकृत गर्नुहुन्न’, कोइरालाले लेखेका छन्।

प्रकाशित मिति: : 2020-12-20 11:14:00

प्रतिकृया दिनुहोस्