चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण

सांकेतिक तस्बिर

चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो।

जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय र सहजीकरण गरेको सञ्चारकर्मी नारायण सापकोटाले जानकारी दिए। 

सो अवसरमा माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोले जाडोमा सुकुम्वासी परिवारका बालबालिकालाई परेको समस्यामा सहयोग गर्नेहरुप्रति  हार्दिक धन्यवाद ज्ञापन गर्दै न्यानो कपडा पाएपछि विद्यार्थीलाई विद्यालय जान सहयोग हुने बताए।

कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीले सुकुम्वासी चेपाङ परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए। रासस

प्रकाशित मिति: : 2020-12-20 11:55:00

प्रतिकृया दिनुहोस्