गृहमन्त्री थापासहित नेकपाका नेताहरुसँग प्रधानमन्त्रीकाे छलफल

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित नेकपाका नेताहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेकपाका नेताहरु हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी सहभागी रहेकाे बालुवाटार स्राेतले बताएकाे छ।  

कपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट सात जना मन्त्रीहरुले राजीनामा दिएसँगै बालुवाटारमा प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन्।

उनीहरु प्रचण्डले ओलीविरुद्ध बनाएका राजनीतिक संयन्त्रसँग असन्तुष्टि जनाउदै आएका थिए। उनीहरुले प्रचण्डलाई ओलीसँग मिल्न दबाब दिँदै आएका थिए।

प्रकाशित मिति: : 2020-12-20 17:10:00

प्रतिकृया दिनुहोस्