वैशाखमा चुनाव हुँदैन: भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन् । 

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनावको नयाँ मिति घोषणा गरिसकेकी छिन्। 

उक्त घोषणाअनुसार वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने  जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्षसमेत रहेका भट्टराईले बताए ।

उनले लेखेका छन्, 'वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङमा फसिस्क्यो । संवैधानिक/कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्नँ । दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकीकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको) ।'

प्रकाशित मिति: : 2020-12-21 13:44:00

प्रतिकृया दिनुहोस्