मेसीले तोडे पेलेको कीर्तिमान

बिएल संवाददाता

काठमाडाै‌ं

अर्जेन्टिनी फुटबल खेलाडी लिओनल मेसीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

योसँगै उनले एक क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएका पेलेभन्दा अगाडि भएका छन्।

मंगलबार रियल भालाडाेलिडसँगकाे खेलमा दोस्रो हाफमा गोल गर्दै मेसीले बार्सिलोनालाई ३-० को जित गराएका हुन्। 

भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको २१औं मिनेटमा क्लमेन्ट लेङ्लेटको गोलबाट अग्रता लिएको थियो।

३५औं मिनेटमा मार्टिन ब्रेथवेटले सर्जिनो डेस्टको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। ६५औं मिनेटमा पेड्रीको पासमा मेसीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे।

यसअघि पेलेले सान्तोस क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान कायम गरेका थिए। उनले सान्तोस क्लबका लागि सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए।

तर ३३ वर्षीय मेसीले बार्सिलोनाका लागि ६४४ गोल गेरसँगै त्यो रेकर्ड तोडिएको हो।

जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पराजित भालाडोलिड १४ अंक जोडेर १८औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-23 07:52:00

प्रतिकृया दिनुहोस्