प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद्को बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बोलाइएको हो।

बैठकमा निर्वाचन तयारीबारे छलफल हुन लगेको जनाइएको थियो। 

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी २०७८ वैशाख १७ र २७ गतेका लागिनिर्वाचन गर्ने निर्णय गरेको थियो। 
 

प्रकाशित मिति: : 2020-12-25 13:24:00

प्रतिकृया दिनुहोस्