सर्वोच्च अदालत बाहिर विरोध प्रदर्शन गरिरहेका विद्यार्थी पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमा सुनुवाई चलिरहदा सर्वोच्च अदालत बाहिर विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

कांग्रेस भ्रातृ संगठन नेविसंघको अयोजनामा सर्वोच्च अदालत अगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए। 

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार अचानक प्रदर्शन उत्रिएकालाई नियन्त्रणमा लिन खोज्दा पाँच जना पक्राउ परेका हुन्।

सर्वोच्च अदालत वरपर निषेधित क्षेत्र तोकिएको छ।

प्रकाशित मिति: : 2020-12-25 15:12:00

प्रतिकृया दिनुहोस्