वीरगञ्जमा चिसो बढेसँगै रगत अभाव, रक्तदान गरिदिन नागरिकलाई अपिल

वीरगञ्जमा चिसो बढेसँगै रगत अभाव देखिन थालेकाे छ। 

रेडक्रस पर्साका अनुसार चिसो बढेसँगै विरामीको संख्यामा वृद्धि भएपनि रक्तदान गर्नेकार्य हुस्सु र शीतलहरले प्रभावित भएपछि रगत अभाव देखिएको हाे l 

दैनिक २५ देखि ३० यूनिटसम्म रगतको माग रहेको तर रक्तदान कार्यक्रम नियमित नहुदा रक्तसंचारमा रगतको अभाव हुने संकेत देखिएको केन्द्रका प्रमुख उदयराज शर्माले बताएl 

यता रक्तसंचार केन्द्र, वीरगञ्जमा रगतको अभाव देखिएकाले भोलि शनिबार बिहान ८ बजेदेखि आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गर्ने भएकाे छ। 

भोलि बिहान चित्रगुप्त मन्दिर र गीता मन्दिर नजिकै कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्था चित्रांश युवा समितिले जानकारी दिए l 

भोलि हुने आकास्मिक रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरिदिनको लागि सबैलाई उनले अनुराेध गरेका छन्।

 

 

प्रकाशित मिति: : 2020-12-25 23:01:00

प्रतिकृया दिनुहोस्