लुम्बिनी प्रधानमन्त्री कपकाे सेमिफाइनल नजिक

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगितामा लुम्बिनी प्रदेश सेमिफाइनल नजिक पुगेको छ।

आइतबार लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो।  जितका लागि पाएको ३५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे।

 लुम्बिनीका लागि नेरी थापा ९ र सरस्वती घर्तिमगर ३ रनमा अविजित रहिन्। यता गिता गोसाई ४ रनमा आउट भइन्।

 कर्णालीकी अन्जु गुरुङले एक विकेट लिएकी थिइन्।

त्यसअघि देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो। 

कर्णालीका लागि दीक्षा पुरी सर्वाधिक ८ रनको योगदान दिइन्। उनले  ४ बलमा २ चौका प्रहार गरिन्। 

यता अन्शु शाक्य १४ बलमा ७ रनमा अविजित रहिन्। ओपनर मोनिका रानाले १६ बलमा २ रन जोडिन्। 

यता तृसना विश्वकर्मा २ रनमा रन आउट भइन्। उनले ३१ बल खेलेकी थिइन्। 

यस्तै कप्तान लक्ष्मी रिमाल २ र अन्जु गुरुङ १ रनको योगदान दिइन्। 

लुम्बिनीकी कप्तान नेरी थापाले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन्। सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन्।  

सरिता जिसी र गिता गोसाईले नाममा १–१ विकेट लिए।।

लगातार दुई हारसँगै कर्णालीको समूहबाट बाहिरिन औपचारिक बाँकी छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई ९ विकेटले हराएको थियो।
 

प्रकाशित मिति: : 2020-12-27 13:48:00

प्रतिकृया दिनुहोस्