३९ वटा अवैध राँगा र भैसीलाई नियन्त्रणमा

प्रहरीले ३९ वटा अवैध राँगा र भैसीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चबाट खटेको संयुक्त प्रहरीको टोलीले भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा राँगा र भैंसीलाई नियन्त्रणमा लिएको जानाएको छ। 

विशेष सुराकीको आधारमा प्रहरीले जिल्लाको ठोरी गाउँपालिकाको ओरिया खोला नजिकैबाट भारतबाट ल्याएको भैसी र राँगलाई नियन्त्रणमा लिएको हो।

उक्त भैसी र रागाँलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सेढवाले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्ष गंगा पन्तले जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-27 16:45:00

प्रतिकृया दिनुहोस्