७०० ले उकालो लाग्यो सुन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । 

शुक्रबार र आइतबार तथष्ट रहेको सुनको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।  

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । 

त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो । 

प्रकाशित मिति: : 2020-12-28 11:45:00

प्रतिकृया दिनुहोस्