जुम्लाको नमूना विद्यालयमा आगलागी हुँदा ४५ लाखकाे क्षति

Breaknlinks
Breaknlinks

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीमा रहेको जिल्लाको नमूना विद्यालय भवानी प्राथमिक विद्यालयमा साेमबार आगलागी भएको छ। 

बिहान १० बजेतिर एक्कासि आगलागी हुँदा विद्यालयको तीन कोठे नयाँ भवन जलेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष धनबहादुर बुढाले बताए। उनका अनुसार आगलागीबाट ४५ लाख भन्दा बढीको क्षति भएको छ। 

'विद्यालयमा ७ लाख बराबरको पाठ्यपुस्तक थियो। पुस्तकालय पूरै जलेको छ। विद्यार्थीको दिवा खाजा राखिएको गोदाम, फर्निचर, भवन सबै जलेको छ,' उनले भने।

बन्द रहेको विद्यालयमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। बुढाका अनुसार १०० वाटका आठ वटा सोलार र चार वटा ब्याट्री जडान गरिएको थियो। त्यही सोलारको तार सर्ट भएर आगलागी भएको हुनसक्छ।

उनले भनेफ 'त्यहाँ दिवा खाजा पकाउनका लागि ग्यास सिलिण्डर पनि राखिएको थियो। तार सर्ट भएपछि त्यो ग्याससम्म पनि आगो पुगेर पूरै जले छ। 

आागलागी भएकाे भवन गत वर्षमात्र जिल्ला शिक्षा कार्यालयको सहयोगमा बनेको थियो। भवन निर्माणमा १० लाख रुपैयाँ लागेको थियो। उक्त विद्यालय १४ औं जिल्ला परिषदबाट जिल्लाकै नमूना घोषणा भएको थियो। 

एक कक्षादेखि ५ कक्षासम्म पढाइ हुने विद्यालयमा १३० जना विद्यार्थी रहेका छन्। भवन जलेपछि पठनपाठनका लागि विकल्प खोजिने व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका बुढाले थपे।

प्रकाशित मिति: : 2020-12-29 08:14:00

प्रतिकृया दिनुहोस्