मिथिला संस्कृतिप्रति अमृता राईको रुझानः यूएनको जागिर छाेडेर बनाउँदैछिन् पकवान

शिलापत्र

काठमाडौँ

 सम्झना घिमिरे

तराईवासीमा अधिकांशको जिब्रोमा बसेको हुन्छ बेथेको साग, माछाको चोखा अनि बगिया । 

चिसो मौसममा कुहिरोसँग लुकामारी खेल्दै तात्तातो बगिया र चोखा खानुको मजा नै बेग्लै हुन्छ। शीतमा लपक्कै भिज्दै हटिया (बजार)छेउ पकाइराखेको तातो आलुचप, पकौडा अनि बगियाले शरीर नै तताउँछ ।

अब मैथिलीको स्वाद मेट्न तराई पुग्नै पर्दैन । ललितपुरको भैँसैपाटीमा पुग्नुभाे भने पूरै तराई पुगेझै स्वाद पाउनुहुनेछ ।

मैथिलीको अर्थ के हो ? संस्कृति के हो  ? मैथिली खाना कस्तो होला ? मैथिली कपडा पनि छ र ? यी सबै प्रश्नकाे जवाफ पाइन्छ यहाँ ।  

१० वर्षअघि बेहुली बनेर मैथिली परिवारमा भित्रिएकी अमृता राईको पहिलो रहर नै मैथिली खानेकुरा खाने थियाे। तर, तराइमै पुगेर मैथिली परिकार खान पाएकी थिइनन् । 

धनुषा जिल्लालाई मिथिलाको केन्द्र बिन्दु मानिन्छ । तर, त्यस क्षेत्रमा उनले न मिथिला खानेकुरा पाइन्, न मैथिली संस्कृति नै देखिन् । यो सबैले उनी अचम्मित भइन् ।   

उनी भन्छिन्, ‘अहो ! मिथिला क्षेत्रमा खोइ त मिथिला संस्कृति ? कहाँ चाख्ने मैले मैथिली परिकार ? दिनभर डुल्दा पनि मैथिली परिकार पाउने होटल पाइनँ ।’

प्रकाशित मिति: : 2020-12-29 12:45:00

प्रतिकृया दिनुहोस्