निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन्। 

प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताए। 

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राखेको बताउदैं उनले भने, 'सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जानुहोस्।' रासस 

प्रकाशित मिति: : 2020-12-29 13:20:00

प्रतिकृया दिनुहोस्