सुन्दर त्रिविको कुुरुप कथा

हिमाल खबर

काठमाडौँ

 वसन्त महर्जन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रिय नेपाली इतिहास, संस्कृति तथा पुुरातत्व विभागमा २०२७ सालमा स्नातकोत्तर तहमा भर्ना हुँदा प्रेम खत्री २५ वर्षका थिए।  परीक्षामा सर्वोच्च स्थान हासिल गरी चान्सलर स्वर्णपदक प्राएका उनले लगत्तै सोही विभागमा नियुक्ति पाए।

करीब चार दशकको सेवाकालमा खत्री सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, डीन, नेपाल र एशियाली अनुसन्धान केन्द्र(सिनास)का कार्यकारी निर्देशक जस्ता महत्वपूूर्ण जिम्मेवारीमा आसिन भए। र, भदौं २०६६ मा सेवानिवृत्त भए।

उही प्राध्यापक प्रेम खत्रीले हालैमात्र आत्मकथा प्रकाशित गरेका छन् – घुम्दै जीवनमा फनफनी: कदम ओरालोतिर (भाग दुुई)

नेपालकै सबैभन्दा पुरानो, ठूलो ज्ञानउत्पादक केन्द्रमा लामोसमयसम्म काम गरेको, थप विभिन्न जिम्मेवारीपूर्ण पदमा आसिन खत्रीको पुस्तकमा विश्वविद्यालयको साङ्गोपाङ्गो चित्रण आउने अपेक्षा स्वभाविक हुने गर्दछ। तर, आत्मकथामा तिक्त कथाहरू बढी छन्।

‘कति तीता कुराको साक्षी बस्नु ? वा एक सहकर्मीले सुुझाएजसो कति तीता कुरा लेख्नु ?’ भनेर दोमन भएका यी प्राध्यापक लेख्छन्– ‘‘यो एक विडम्बनाको अनुभव थियो। अनुुभव जीवन हो, आफूले नलेखे कसले लेख्ने ?’’

लेख्ने क्रममा खत्रीले आफ्ना कटुअनुुभव छताछुल्ल पारिदिएका छन्, जसमाथि मनन गर्ने हो भने उनले पुस्तकमै भनेजस्तो ओरालोतिर लागेको विश्वविद्यालयलाई पुनः उकालोतर्फ मोडन सकिन्छ। यो पंक्तिकार स्वयं पनि विश्वविद्यालयको विद्यार्थी र केही वर्ष समय नेपाल र एशिया अनुसन्धान केन्द्र (सिनास) मा बिताएको हैसियतले पनि प्राध्यापक खत्रीको यो अनुभव वैयक्तिक मात्र नभइ प्रतिनिधिमूलक हो भन्ने मेरो ठम्याइ छ।
 

प्रकाशित मिति: : 2020-12-30 11:46:00

प्रतिकृया दिनुहोस्