प्रदेश १ काे लगातार दोस्रो जित

प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।

दाङको लमहीमा भइरहेको  प्रतियोगितामा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदूरश्चिमलाई ५ विकेटले पराजित गरेकाे हाे।

सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

कप्तान रुविना क्षेत्रीले १२ रनको योगदान गरिन्। अन्यले भने दाेहाेराे अंक छुन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका लागि दीपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १-१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि कविता जोशीले बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्। 

 उनले अविजित रहदै १४ रन बनाइन्।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले ४ ओभर पूरै बलिङ गरेर १० रन खर्चिएर ३ विकेट हात पारिन्। 

यस्तै सबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १-१ विकेट हात पारेका थिए।
 

प्रकाशित मिति: : 2020-12-30 17:18:00

प्रतिकृया दिनुहोस्