क्रिस गेलले भने– कम्तिमा पाँच वर्ष सन्यास लिन्न

बिएल संवाददाता

काठमाडाै‌ं

वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलले छिटै सन्यासको कुनै योजना नरहेको बताएका छन्। गेलले आफू अझैं पाँच वर्ष क्रिकेट खेल्न सक्षम रहेको बताएका छन्। 

भारत र अस्ट्रेलियामा हुने दुई वटा टि–२० विश्व कपपछि सन्यासको बारेमा पुर्नविचार गर्ने उनले बताएका छन्। हाल उनी अल्टिमेट क्रिकेट च्यालेञ्ज (युकेसी) प्रतियोगितामा व्यस्त छन्। 

गेलले भने, ‘अझै सन्यासको योजना छैन। मलाई लाग्छ, अझै म पाँच वर्ष खेल्नसक्छु। ४५ वर्षयता सन्यासको कुनै मौका छैन। २ वटा विश्व कप त खेल्छु नै।’ 

गेलबाहेक युवराज सिंह, इयोन मोर्गन, आन्द्रे रसेल, केभिन पिटरसन, राशिद खान पनि दुबईमा हुन लागेको युकेसी प्रतियोगितामा सहभागी छन्। 

युकेसीमा १६ खेल हुनेछ। नयमा दुई खेलाडी एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। एक खेलमा १५–१५ बलको चार वटा इनिङ हुन्छ। दुवै खेलाडीले खेलमा २–२ वटा इनिङ खेल्न पाउँछन्। 

४ इनिङको खेल समाप्त भएपछि सर्वाधिक रन बनाउने खेलाडीलाई विजेता घोषित गरिने छ। जित्ने खेलाडीले दुई अंक पनि प्राप्त गर्नेछन्। गेलले १३ औं संस्करणको आइपीएलमा पञ्जाबबाट खेलेका थिए।

प्रकाशित मिति: : 2021-01-01 19:48:00

प्रतिकृया दिनुहोस्