युनाइटेडसँग एस्टन भिल्ला पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको छ।

ओल्डट्राफोर्डमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो। 

एन्थोनी मार्सियाल र ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि गोल गरे। यता भिल्लाका बर्टान्ड ट्राओरेले गरेको गोल सान्त्वना बन्यो।

खेलको ४०औं मिनेटमा मार्सियालको गोलबाट अग्रता लिएको थियो। उनले आरोन वान बिशाखाको पासमा गोल गरेका थिए।

५८औं मिनेटमा भिल्लाका ट्राओरेले ज्याक ग्रेयलिसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

६१औं मिनेटमा डुगलस लुइजले पेनाल्टी बक्समा पल पोग्वामाथि फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो। जसमा युनाइटेडका फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए।

त्यसपछि थप गोल नहुँदा युनाइटेडले खेल जित्याे।

जितसँगै युनाइटेडले शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ। समान खेलबाट समान ३३ अंक भएपनि युनाइटेड गोल अन्तरमा दोस्रो स्थानमा यथावत् छ। 

भिल्ला २६ अंकसहित छैटौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-02 08:13:00

प्रतिकृया दिनुहोस्