थबाङको सुन्दरता: परम्परागत शैलीका घरहरू लोप हुँदै

राजनीतिक रुपले सधैँ चर्चामा हुने थबाङ गाउँपालिका, जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल हो। युद्ध पर्यटनसँगै परम्परागत शैलीमा बनेको ऐतिहासिकता झल्काउने बस्तीसमेत थबाङको अर्को फरक रुप मानिन्छ। 

पछिल्लो समय थबाङमा परम्परागत शैलीका कलात्मक घरहरु लोभ हुँदै गएको देख्न सकिन्छ। काठ र ढुंगाबाट फरक विधिद्धारा निर्माण गरिएका घरका छानाहरु हराउँदै गएपछि थबाङका स्थानीयहरुले समेत चिन्ता ब्यक्त थालेका छन्। 

केहि वर्ष यतादेखि गाउँमा निर्माण हुने नयाँ घरहरुमा परम्परागत शैलीका ऐतिहासिक संरचनाहरु भेटाउन मुस्किल हुन थालेको स्थानीय अमित घर्तीले बताएका छन्। 

थबाङ पुग्ने आन्तरिक तथा विदेशी पाहुनाहरुको लागि यहाँको संस्कृति र सभ्यतासँगै बस्तीका कलात्मक घरहरु समेत नयाँ लाग्ने गरेको उनीहरु बताउँथें। 

तर, पछिल्लो दृश्यले भने थबाङको मौलिकता मेटिने खतरा बढेको स्थानीयहरुको चिन्ता छ। थबाङ गाउँपालिका वडा नं १ र २ मा पर्ने ठुलोगाँउमा मात्रै कलात्मक शैलीका करिब ३ सय घरहरु रहेका छन्। 

गाउँमा काठका पल्याक र ढुंगाको छाना अहिले पनि कतिपय घरहरुमा देख्न सकिन्छ। मौलिक रुपमा बनेका पुराना र जिर्ण भएका घरहरु पुरानै शैलीमा नबनेर गिट्टी, रड, जस्तापाता प्रयोग गरेर लगाउन थालेको स्थानीय अमित बताउँछन्। 

थबाङमा पर्यटकहरु आउने अर्को महत्वपूर्ण पाटो परम्परागत संस्कृति र मौलिख घरहरु पनि मानिन्छन्। यसले यहाँको मौलिखका जर्गेनासँगै पर्यटन क्षेत्रमा समेत आकर्षण थपेको थबाङका अग्रजहरुको बुझाई छ। 

मगर जनजातीहरुको बाहुल्यता रहेको यहाँ एकिकृत बस्ती बनाउने र सामुहिकतामा रमाउँने अर्को सुन्दर पक्ष हो। थबाङको ऐतिहासिक रुप बचाउँनको लागि स्थानीय स्तरमा छलफल र आगामी योजनाहरु निमार्ण भइरहेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले बताएका छन्।
 
गाउँपालिका अध्यक्ष घर्तीका अनुसार थबाङमा विदेशीहरु समेत विभिन्न अध्ययन, अनुसन्धान र अबलोकन गर्न आउँने गरेको बताए। 

‘एकिकृत बस्ती, काठका फल्याक र ढुंगाका छानाबाट निमार्ण भएका घरहरु पनि अध्ययनको केन्द्रविन्दु बन्न सक्छ। यहाँको आर्थिक, सामाजिक रुपमा जीवनस्तर माथि उठ्न मद्दत गर्नेछ,’ अधयक्ष घर्तीले भने।  

गाउँ–गाउँमा विकास निमार्णका कामहरु आगाडी बढ्दै जाँदा स्थानीयहरुले पुराना कलात्मक रुपमा निर्माण गरिएका घरहरु भत्काएर नयाँ आधुनिकहरु निर्माण गर्ने तिर अग्रसरता देखिएको छ। 

थबाङका परम्परागत शैलीका घरहरुको संरक्षणमा चुनौती खडा भएतापनि यसको संरक्षण गर्ने थबाङ गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-07-19 05:41:00

प्रतिकृया दिनुहोस्