
बिएल संवाददाता
सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो ।
सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए।
उनले नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्दा र परीक्षण सफल भएको जानकारी दिए। रुकुम पूर्वबाट पश्चिमतिर बग्ने सो नदीमा जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न अब सहयोग पुग्ने जनाइएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जलयात्रा परीक्षणको प्रतिवेदन प्राप्तभएपछि नदीमा जलयात्रा गर्न र यसलाई नियमितरुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए। प्राविधिकका अनुसार नदीमा बाह्रै महिना जलयात्रा गर्न सकिने छ ।
सम्भाव्यता अध्ययनको जलयात्रामा सिस्ने गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष गोवद्र्धन बुढा, नेपाल कम्युनिष्ट पार्टि नेकपा सिस्ने गाउँपालिका इञ्चार्ज वासुदेव गौतम, केन्द्रका अध्यक्ष घर्तीलगायत प्राविधिक टोली र स्थानीयको सहभागिता रहेको थियो ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया